Monday, 29 June 2020

वैदेशिक राेजगार (लघुकथा)

सञ्जय शान्ति सुवेदी
असार १५, २०२०

सुन्दरबजारबाट गैडाकाेट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हाे शिवराम र अनिताकाे प्रेम बढेकाे । डुम्रे, आबुँखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बाेल्न सुरु गरेका थिए । समान्य परिचय, बाेलचाल र फाेन नं साटासाट गरेर सुरु गरेकाे सम्बन्धले बा-आमालाई ढाँटेर कहिले काठमाडाै, कहिले लुम्बिनी त कहिले इलाम सम्म घुम्न जान सक्ने बनाएकाे थियाे । याैवनले भरिएका, भविष्यकाे सपनाले सजिएका ऊर्जाशील दुवै जनाकाे प्रेम प्रगाढ र रसरङ्गपूर्ण थियाे । अनितालाई बा-अामाले केटा खाेजेकाे कुराले मात्र नभएर शिवकुमार वैवाहिक जीवन सम्हालिसक्ने बेलामा नपुगेकाले झन् तनाव बढेकाे थियाे । सम्बन्धलाई बिट मार्न नसके पनि परिस्थितिसँगै अघि बढ्ने निर्णय गरी बा-आमाले देखाएकाे केटाेसँग बिहे गर्ने निर्णय भयाे । संयाेग नै भन्नुपर्छ, केटाकेटीकाे टीका-टाला गर्ने दिन शिवकुमारलाई पत्ताे भयाे अनिता आफ्नै दाइकाे भाग्यमा परेकी रहिछिन् । उसले भाेलिपल्ट फाेन गर्याे, "अनिता, भाग्यकाे याे के लेखा हाे, हामीलाई झन् पीडा दिँदै छ समयले" उसले घ्याँक्क घ्याँक्क रुँदै भन्याे । अवाक् अनिताले रसिलाे स्वरमा सम्झाउँदै भनिन्," चिन्ता नगर शिवराम, तिम्रा दाइ, बिहेकाे ६-७ दिनमै खाडी जान्छन् रे ।"

Wednesday, 24 June 2020

बिवाह प्रस्ताव (लघुकथा)

जुन २२, २०२०
सञ्जय शान्ति सुवेदी

सामुदायिक अस्पतालमा कार्यरत २२ वर्षे शकुन्तला त्यहाँका डाक्टर, कर्मचारी एवं सम्पूर्ण स्थानीय बिरामीहरुकाे लागि परिचित नाम थियाे । बिहेका प्रस्ताव दैनदिन  आउनु स्वाभाविक नै थियो भने उनलाई मनपराउने र तिनका अभिभावक त शकुन्तलाको चालचलन बुझ्न अस्पतालमै पनि आउँथे । "सिस्टर, डा. शर्माकाे क्लिनिक रुम कता होला नि?" धाेत्राे स्वरमा कसैले साध्याे । "अङ्कल, ऊ त्याे दाहिने पट्टीको अन्तिम काेठा हाे ।" आफुलाई अङ्कल भनेको मन नपरे झैं गरेर कालो अनुहार बनाउँदै ऊ डाक्टर शर्माकाे कोठातिर लाग्याे । काम सकेर घर पुग्दा पाउनाहरु आइसकेका थिए ।  केटाकेटी देखादेख गराउन । शकुन्तलालाई देखाउँदै लमीले भन्यो उहाँ अमेरिकाको ग्रिनकार्ड हाेल्डर हाे, आफ्नै डिपार्टमेन्ट स्टाेर पनि छ, परिपक्व हुनुहुन्छ, बिहे गर्न नेपाल आउनुभएको....भन्दा नभन्दै शकुन्तलाले रोकेर भनी उहाँलाई त कता-कता देखे जस्तो लाग्याे नि । केटोले हसिलाे अनुहार बनाई उत्तर दियो तिमीले काम गर्ने अस्पतालको डा. शर्मा मेरो साथी हो, बिहान हाम्राे भेट भएकाेको बिर्सियाै ?

बाँझोपना (लघुकथा)

जुन १२, २०२०
सञ्जय शान्ति सुवेदी

काखको एउटा छोरो र हुर्कँदै गरेका दुई छोरा छोडेर श्रीमती पोइला गए पछि कार्की दाइले दोस्रो बिहे गरेँ । सानै देखि स्नेहपूर्ण भाव र ममताले हुर्काएकी कर्कीनीले कहिल्यै पनि सौताको प्रतिबिम्ब सन्तानमा पर्न दिइनन् । आफुले बिहे नगरिञ्जेल छोराहरु पनि आमालाई माया गरिरहे । 
घरमा बुहारी भित्रिएपछि धेरै कुराहरु सुनिए । छुट्टिभिन्नका कुरा उठे । कुरो कहिले सेलाल्थ्यो, कहिले चर्को बन्थ्यो । एक दिन समाजै बटुल्नपर्ने स्थिति समेत निस्क्यो । 
अंशवण्डाका दिन जेठी बुहारी चिप्लो कुरा गर्दै थिईन् । त्यतिनै बेला अलिक अगाडि आएर  माइलीले बोली, "प्रशववेदना नभोगेका आइमायीलाई के थाहा ।"  कञ्चटमा हात लगाएर बसेका कार्कीको समीपमै बसेकी कर्कीनी छाँगाबाट खसेजस्तै भइन् । उनले थुक घुटुक्क निल्दैे भनिन्, "तिमीहरुले प्रशव पीडा त बुझेछौ तर बाँझो हुनुको पीडा बुझ्न सकेनौ ।"

सुहाग रात (लघुकथा)

जुन २३, २०२०
सञ्जय शान्ति सुवेदी

लजालु स्वभावकाे देवराज र बैँशालु राधिका बिहेकाे रात सुत्नुअघि त्यस घडीलाई एक आपसमा सहज महसुस गराउन प्रयास गरिरहेका थिए । देवराज स्वभावैले धेरै खुल्न नसक्ने, राधिका गाल पर्ला भनेर साेझी दरिन खाेज्दै थिईन् । उसकाे समीपमै देवराज आएर बस्दा, दुबैकाे धड्कनले ढाेल पिटिरहेकाे थियाे । अन्तत: देवराजले आफ्नाे मस्तिष्कलाई मनले जितेर राधिकालाई सुम्सुम्याउन थाल्याे । मनका अतृप्त मनाेकामनाकाे बाँध फुटेर राधिकाले भावबिह्वल भई अश्रुधारा बगाउँदै रुञ्चे स्वरमा भनिन् "आई लभ यु खगराज ।" देवराज पनि राेइरह्याे । 

Friday, 12 June 2020

एनआरएन (लघुकथा)

                                                                   एनआरएन (लघुकथा)
जुन ११, २०२०
सञ्जय शान्ति सुवेदी

छाेरीलाई राेडपारीकाे स्कुल (डे केयर) लान तयार पार्दै श्रीमतीले राजारामलाई भनिन्- खै त छारीलाई छाेड्न जान्छु भन्नु भएकाे हैन, ठिलाे हुन लाग्याे । भित्रबाट ऊ चिच्याउँदै भन्याे, "ल म आइहालेँ, एउटा पाेस्ट अपडेट गर्दैछु।"

अचेल राजाराम अलिक व्यस्त नै भएको छ, चुनावले गर्दा । नेपालमा टुटे ठुटे राजनीति गरेकालाई विदेशमा एनआरएनकाे चुनाव चाडपर्व नै भइदिन्छ । नेपालमा बरु आमसभा, प्रशिक्षण, र्याली, बैठक अनेक नाममा समय खेर जान्छ, विदेशमा त्याे पनि गर्नु पर्दैन । नेपालबाट पार्टीका नेता बाेलायाे, घुमाइदियाे, कुम जाेडेर फाेटाे खिचायाे भइहाल्याे । 

"तपाईंलाई फेसबुक भए पुग्छ है ?" अस्पतालकाे ड्युटी भ्याउन हस्याङ्फस्याङ् गर्दै गरेकी नर्स श्रीमती  रिसाएकाे मुद्रामा राजारामलाई गाली गर्दै थिइन् । "चुनावमा उठेकाे छु, भाेटरलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु छ, सिद्धान्त र आदर्शका कुरा, विकास र एकताका कुरा बाेल्ने लेख्ने यहि बेला त हाे नि, उसले थप्याे, "अब याे महिना अनि चुनाव पछि अर्काे एक ! प्लिज बुझ न !" म रात-दिन-बिहान नभनी अस्पताल जान्छु, कमाउँछु, पिर आर बनाएँ । तपाईँ भने अनेक बाहानामा समय खेर फाल्ने, राजनिति गर्ने र पैसा खर्च गर्ने भए नेपाल जानुस् । राजारामकी श्रीमती यी कुरामा सधैँ अडिग थिइन् । 

राजाराम छाेरीलाई स्कुल पुर्याउँदै श्रीमतिका मन बिजाउने शब्दहरु सम्झिरह्याे । म आखिर नेपाल फर्कने हाेइन, यहाँ यस्साे सक्रिय भएझै गरिदिए भैगाेनि । श्रीमतीकाे कुरा ठिकै हाे भन्ठान्याे र घर पुग्ने बित्तिकै फेसबुकमा फेरि पाष्ट्यायाे, "नेपालकाे विकास गर्ने हामी युवाले नै हाे  !!"

राष्ट्रवाद ! (लघुकथा)

राष्ट्रवाद !  (लघुकथा) 

जुन ११, २०२०
सञ्जय शान्ति सुवेदी

छोरीको पहिलो वर्षदिनको अवसरमा बालसखा राजेन्द्रलाई निम्ताे दिन गएको थिएँ, उसको टेढेमेढे प्रवचन सुरु भइहाल्यो, आफुँ न पिआर वाला न राजनितीमा रुचि भएको मान्छे । "पि आर र जागिर पाएपछि देशभक्ति देखाउन राजनीति गर्नुपर्ने तपाईंको बाध्यता म बुझ्न सक्छु, तर यस्ता कुरा सुनाएर दिग्दार नबनाउनुस्", मैले सीधै उनलाई भनेँ । "तपाईं आफैँ विदेश आउनु भएको छ, किन गफ लगाउनु हुन्छ" ऊ झोक्कियो । मैले फ्याट्ट सोधेँ-राजेन्द्रजी, पुलचोकमा इन्जिनियरिङ गरेको मान्छेले देशले लगाएको गुन देशमै बसेर फिर्ता गर्छु भनेर कहिल्यै सोच्नु भएन ?  के पाउनुहुन्छ यो विदेशमा राजनीति गरेर ? ऊ तर्क दिन हर प्रयास गर्दै थियो।  चित्त  नबुझेर फेरि मैले सोधेँ "के दिनु भयो त तपाईँले राजनिति गरेर ?" ऊ अनुत्तरित भएको भाव स्पष्ट झल्किन्थ्यो । त्यतिनै बेला खाम हातमा बुझाएर फर्किँदै गर्दा यसो सोचेँ, दिन त दिएकै छ नि, फेसबुकमा यत्रा गफ दिन कम फुर्सद चाहिन्छ र । अझ पोस्ट गर्दा पैसा लाग्ने भए के गर्थ्याे होला, ऊ ? म गमिरहेँ ।

(सम्पादनका लागि कल्यण पन्त सरलाई विशेष धन्यवाद )

Demystifying Transient Overvoltages: Decoding the 8/20µs Waveform

- Sanjay Shanti Subedi   Helios Power Solutions In my work managing power systems and lightning protection at Helios Power Solutions, a conv...