Thursday, 19 June 2025

तपाईं कुन समूह प्रतिनित्व गर्नुहुन्छ ?

तपाईं कुन समूह प्रतिनिधित्व गर्नुहुन्छ ? 

१. पद-शक्ति निकट, २.साझा-तठस्थ  ३.परिवर्तनशील-गतिशील समूह

सामाजिक संस्था र राजनितिक दलहरू भनेका समाजका प्रतिबिम्म हुन् । समाज जस्ताे छ, संस्था पनि उस्तै हुने हाे । तसर्थ संस्थामा परिवर्तन गर्न उत्तिकै गाह्राे छ जति समाजलाई परिवर्तन गर्न गाह्राे छ । यस्ता संस्थाका साधारण सदस्य पनि समाजका नै अभिन्न पक्ष भएकाले संस्था र समाजलाई छुट्टाएर बुझ्न अलिक ठिक नहाेला तथापि निश्चित संस्था भने विशेष उद्धेश्यले स्थापित एवं समान बिचार भएका व्यक्तिहरूकाे समूहबाट बनेकाे हुन सक्ने हुँदा, समग्र समाज बिभाजित वा सफल नहुँदा पनि संस्थाहरू भने सफल र गतिशील देखिन सक्दछन् । 

उदाहरणका लागि देशकाे परिस्थिति जे भए पनि नेपालमा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरू-Lions, Rotary, इत्यादि राम्रै चलिरहेका देखिन्छन्, बिदेशमा पनि स-साना नेपाली संस्थाहरू पनि सानाे वृत्तमा राम्रै काम गरेकाे पाइन्छ । जब बृहत्तर समाजकाे सबालमा यी संस्थाहरू मुसिन्छन् , तब बिवाद, ध्रुबीकरण, मतभेद र संङर्षहरू उत्पन्न हुने गर्दछन् । 

के यस्ताे हुनु अस्भावविक हाे र ? जसरी आवश्यकताले व्यक्तिहरू जाेडिएर एउटा समाज सृजित हुन्छ, त्यसरी नै बिभिन्न सचेत व्यक्तिहरूकाे मत बिभाजनबाट नै गति र विकासकाे प्रकृया सुरु हुनेगर्दछ । 

बिवाद, संघर्ष एवं मतभिन्नतालाई कसरी न्यायिक तथा समतामूलक ढङ्गले समाधान गर्ने हामी नेपालीहरूकाे प्रमुख चुनाैतिकाे बिषय रहेकाे छ । आफ्ना व्यक्तिहरू, पद-शक्तिमा भएका व्यक्तिले समाजलाई आत्मकेन्द्रीत निर्णय गर्न प्रभावित बनाउने वा आम व्यक्तिहरू पनि त्यस्तै व्यक्तिकाे पक्षमा लाग्ने प्रवृत्तिले समाज बिभाजित बन्ने त अवश्यम्भावी नै हाे , अझ खतरनाक विषय चाहिँ न्यापूर्ण, समतामूलक एवं समान सहभागीताकाे अधिकारबाट ठूलाे सङ्ख्या बिमुख हुने अवस्था सृजना हुने गर्दछ । 

असफल, बिभक्त र सानाे घेराकाे नेतृत्वमा रहेकाे समाजमा ध्रुवीकरण हुनु स्वभाविक नै हाे, र सुधारका लागि आवश्यक पनि हाेला । तर, समाजलाई अग्रगतिमा बढ्नबाट बञ्चेत गर्ने, नेतृत्वमा आउन बन्देज गर्ने वा प्रकृया र कार्यक्रमहरूलाई पारदर्शी नबनाउने समूह र बिचारलाई असल, सक्षम तथा नबीन नेतृत्वले पुर्नस्थापना गर्दा समाजलाई फाइदा नै हुने गर्दछ । संक्रमणकालीन अवस्था अलिक पीडादायक हुन सक्दछ तर कुनै समूहमा असम्बन्धित (Neutral) व्यक्तिहरूकाे भूमिकाले याे समय छिटै एवं सहज तरिकाले पार लगाउन सकिन्छ । समाज परिवर्तमा सबै पक्षकाे भूमिका रहन्छ, तर आजकाे प्रश्न तपाईं/हामी कुन समूहमा छाैँ, कुन भूमिकामा छाैँ निर्णय गर्न आवश्क छ । 

तपाईं कुन समूह प्रतिनिधित्व गर्नुहुन्छ:  १.पद-शक्ति निकट, २.साझा-तठस्थ वा ३.परिवर्तनशील-गतिशील समूह? 

Demystifying Transient Overvoltages: Decoding the 8/20µs Waveform

- Sanjay Shanti Subedi   Helios Power Solutions In my work managing power systems and lightning protection at Helios Power Solutions, a conv...