Monday, 29 June 2020

वैदेशिक राेजगार (लघुकथा)

सञ्जय शान्ति सुवेदी
असार १५, २०२०



सुन्दरबजारबाट गैडाकाेट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हाे शिवराम र अनिताकाे प्रेम बढेकाे । डुम्रे, आबुँखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बाेल्न सुरु गरेका थिए । समान्य परिचय, बाेलचाल र फाेन नं साटासाट गरेर सुरु गरेकाे सम्बन्धले बा-आमालाई ढाँटेर कहिले काठमाडाै, कहिले लुम्बिनी त कहिले इलाम सम्म घुम्न जान सक्ने बनाएकाे थियाे । याैवनले भरिएका, भविष्यकाे सपनाले सजिएका ऊर्जाशील दुवै जनाकाे प्रेम प्रगाढ र रसरङ्गपूर्ण थियाे । अनितालाई बा-अामाले केटा खाेजेकाे कुराले मात्र नभएर शिवकुमार वैवाहिक जीवन सम्हालिसक्ने बेलामा नपुगेकाले झन् तनाव बढेकाे थियाे । सम्बन्धलाई बिट मार्न नसके पनि परिस्थितिसँगै अघि बढ्ने निर्णय गरी बा-आमाले देखाएकाे केटाेसँग बिहे गर्ने निर्णय भयाे । संयाेग नै भन्नुपर्छ, केटाकेटीकाे टीका-टाला गर्ने दिन शिवकुमारलाई पत्ताे भयाे अनिता आफ्नै दाइकाे भाग्यमा परेकी रहिछिन् । उसले भाेलिपल्ट फाेन गर्याे, "अनिता, भाग्यकाे याे के लेखा हाे, हामीलाई झन् पीडा दिँदै छ समयले" उसले घ्याँक्क घ्याँक्क रुँदै भन्याे । अवाक् अनिताले रसिलाे स्वरमा सम्झाउँदै भनिन्," चिन्ता नगर शिवराम, तिम्रा दाइ, बिहेकाे ६-७ दिनमै खाडी जान्छन् रे ।"

The Nine Fatal Strategic Errors That Undermine Startup Viability

  The Nine Fatal Strategic Errors That Undermine Startup Viability Sanjay Shanti Subedi B.Sc. Physics, Dip. Pharmacy, Dip. Digital Marketing...