जुन १२, २०२०
सञ्जय शान्ति सुवेदीकाखको एउटा छोरो र हुर्कँदै गरेका दुई छोरा छोडेर श्रीमती पोइला गए पछि कार्की दाइले दोस्रो बिहे गरेँ । सानै देखि स्नेहपूर्ण भाव र ममताले हुर्काएकी कर्कीनीले कहिल्यै पनि सौताको प्रतिबिम्ब सन्तानमा पर्न दिइनन् । आफुले बिहे नगरिञ्जेल छोराहरु पनि आमालाई माया गरिरहे ।
घरमा बुहारी भित्रिएपछि धेरै कुराहरु सुनिए । छुट्टिभिन्नका कुरा उठे । कुरो कहिले सेलाल्थ्यो, कहिले चर्को बन्थ्यो । एक दिन समाजै बटुल्नपर्ने स्थिति समेत निस्क्यो ।
अंशवण्डाका दिन जेठी बुहारी चिप्लो कुरा गर्दै थिईन् । त्यतिनै बेला अलिक अगाडि आएर माइलीले बोली, "प्रशववेदना नभोगेका आइमायीलाई के थाहा ।" कञ्चटमा हात लगाएर बसेका कार्कीको समीपमै बसेकी कर्कीनी छाँगाबाट खसेजस्तै भइन् । उनले थुक घुटुक्क निल्दैे भनिन्, "तिमीहरुले प्रशव पीडा त बुझेछौ तर बाँझो हुनुको पीडा बुझ्न सकेनौ ।"
No comments:
Post a Comment
Comments