(याे अपूर्ण रचना हाे, हजुरकाे सुझाव र विचारलाई पनि समावेश गराउन चाहन्छु । आफ्नाे विचार पनि सुझाउनुहाेला है ?)
https://youtu.be/PPAGwypP4ms?si=SOUDcq2YYPwM-9Ka
छुट्न लागेकाे बसमा पुग्न जसरी एउटा बस यात्रु दाैडिरहेकाे हुन्छ, त्यसरी नै रेलका लागि, पानीजहाजका लागि मान्छेहरू दाैडिरहेका हुँदा हुन् । जब, म एयरपोर्टमा दाैडिरहेकाे मानिसहरू देख्छु, म साेच्छु अरू थप कति ठाउँमा मान्छेहरू दाैडिरहेका हुन्छन् हाेला । आफैँलाई सम्झन्छु, मै पनि त दाैडिरहेकाे हुन्छु नि- कहिले परिक्षामा समयमा पुग्न, कहिले मिटिङ्ममा पुग्न, कहिले शाैचालयकाे लागि त कहिले छाेरीलाई स्कुल लान वा लिएर आउन ।
मानिस किन यसरी दाैडिन्छ? के याे जिज्ञासा स्वभाविक हाेइन र ? एक आम व्यक्तिकाे रूपमा आफैँलाई नियाल्छु र गम्ने प्रयास गर्छु । स्वभाविक दाैड त ठिकै पनि हाेला तर एयरपाेट,बस बिसाैनी या यस्तै स्थानहरूमा हस्याङ्फस्याङ गर्ने, भागदाैड गर्ने र बिशेषत: पर्यावरण र माहाेललाई नै असामान्य लाग्ने गरी दाैडने, आफुलाई प्राथमिकता दिई पहिला जान दिनुस् न भनी बिलाैना गर्ने, इत्यादि प्रवृत्ति देखाउने व्यक्तिहरूमा रहेकाे समानता के हाेला त?
यहि सन्दर्भमा म सम्झन्छु अफसि समयमा हुने ट्राफिक जाम, त्याे जामकाे बीचमा केही व्यक्तिहरू उस्तै हतारमा देखिन्छन् । राेडकाे लेन अनुशासनलाई धज्जी उठाउँदै र तीब्र गतिमा गाडी घुइँक्याउनेहरूलाई पनि नियाल्छु । थप नियाल्छु ती गाडीचालक, तिनीहरूले गुडाउँदै गरेका गाडीहरू। के-कस्ता जागिर व्यवसाय गर्दा हून, उनीहरूकाे दैनिकी कस्तो हाेला, अनि किन यसरी हतार हतार गरिरहेका हाेलान् । समयमै निस्किएकाे भए सम्भवतः समयमा नै गन्तब्यमा पुगिन्थ्याे हाेला, वा कारणवस ढिला भएकाे हाे भने पनि हतार गरेर के छिटाे पुगिएला त? सामान्यतया, गति बढ्दा कम समय लाग्ने बिज्ञानकाे नियम त छ तर "हतारले लतार" भन्ने पनि त उत्तिकै सान्दर्भिक उक्ति हाे जस्ताे लाग्दछ । कहिले हतार गर्नू र कहिले नगर्नू भन्ने विषयमा पनि अध्ययन, लेखन र प्रकाशन भएकाे हाेला कि नहाेला, म अहिले साेच्दैछु ।
जस्ताे हुलाक सेवा एवं पारबहानकाे समय घटाउन हाेस् वा रेल र रकेट गति बढाउन हाेस् ठुला ठुला अनुसन्धान र लगानी भइरहेका छन् । कुनै पनि कामलाइ छिटाे छरिटाे तवरले सम्पन्न गर्नु मानव सभ्यताकाे लक्ष जस्ताे नै बनेकाे छ । यस अर्थमा हतार गर्नु वा छिटाे छिटाे काम गर्नु सम्भवतः गलत नदेखिन पनि सक्छ । तर यहाँको मुख्य विषय याे हाे कि- के यसरी एयरपोर्टमा वा सडकमा हतार गर्ने व्यक्तिहरूबिच केही समानता हाेला र?