Monday, 11 November 2019

गाेर्खा फुटबल क्लब न्युजिल्याण्डद्वारा च्यारिटि साे सम्पन्न

गाेर्खा फुटबल क्लब, न्युजिल्याण्डले अक्ल्याण्डकाे हलिउड सिनेमा हलमा “च्यारिटि साे” उल्लेख्य दर्शककाे उपस्थितमा सुसम्पन्न गरेकाे छ । नेपाली युवा, विद्यार्थीहरु र संघर्षशील खेलाडीहरुकाे बाहुल्य रहेकाे गाेर्खा क्लबले २२ जुन २०१९ पछि याे दाेस्राे पटक च्यारिटि साे २ नोभेम्बर २०१९ आयोजना गरेकाे हाे ।

फाेटाे: सञ्जय शान्ति सुबेदी
उक्त कार्यक्रमलाई ट्राभल कर्नर, सेभ.ईन्टरनेसनल , बारफुट एण्ड थम्पसनका सुवाश श्रेष्ठ, हिमालयन ईमिग्रेसन, ईगल आई लिमिटेड, एभरेष्ट डाईन,  माउन्ट एभरेष्ट किचन, तामा ईटेरी, ओलिभ ईन्डाे-नेपाली ईटेरी, थाई किचन टेकअवे तथा फिसटेल रेष्टुरेन्टले प्रायाेजन गरेका थिए । त्यस्तै गैर आवासीय नेपाली संघ, न्युजिल्याण्ड, न्युजिल्याण्ड नेपालिज एसाेसिएसन, न्युजिल्याण्ड नेपाल साेसाईटी, खुकुरी फुटबल क्लब तथा नेपाल राईनाे क्रिकेट क्लबहरुले विभिन्न प्रकारका सहयाेग प्रदान गरेका थिए । टिकटिङमा भने aafnoticket.com ले सहयाेग गरेकाे थियाे । १५ वर्ष भन्दा मुनिका सबै बालबालिकाकाे टिकट भने न्युजिल्याण्ड नेपाल साेसाईटीले गरेकाे थियाे ।
NZNepal.com सङ्गकाे संक्षिप्त कुराकानीमा क्लबका अध्यक्ष श्री नेत्र बस्यालले गाेर्खा क्लबलाई यस कार्यक्रम र यहाँसम्म पुर्याउन सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगकर्ता, समर्थक र अन्य सम्पूर्ण न्युजिल्याण्डबासी नेपालीलाई सर्वप्रथम धन्यबाद तथा आभार प्रकट गर्नुभयाे । साथै याे “च्यारिटि साे” ले क्लबलाई आर्थिक रुपमा सबल बनाउनु मात्र नभएर नेपाली चलचित्र, नेपाली भाषा र संस्कृतिलाई पनि प्रबर्धन गर्ने विश्वास भएकाे बताउनु भयाे । कार्यक्रमप्रतिकाे प्रतिक्रिया दिनेक्रममा  गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका सदस्य श्री बिष्णु कुमार बस्नेतले यस्ता कार्यक्रमहरुले प्रवासमा रहेर पनि मातृभूमीसङ्ग जाेडिन टेवा पुग्ने  भएकाले यस्ता कार्यक्रम भविष्यमा पनि आयाेजना भईरहनुपर्ने बताउनुभयाे । अर्का सहभागी तथा न्युजिल्याण्ड नेपाल साहित्य समाजका अध्यक्ष श्री सञ्जय शान्ति सुवेदीले यस्ता चलचित्र वा नेपाली कार्यक्रमहरुले नेपाली भाषा, साहित्य, कला र नेपालीपनलाई मलजल एवं विकास गर्न मह्त्वपूर्ण याेगदान गर्ने विचार व्यक्त गर्नुभयाे ।

Source: http://www.nznepal.com/2019/11/22848

न्युजिल्याण्डकाे ह्यमिल्टनमा नेपाली चलचित्र प्रदर्शन

नोभेम्बर ६, २०१९ | सञ्जय शान्ति सुवेदी
गाेर्खाली क्लब ह्यामिलेटनले ३ नाेभेम्बर २०१९मा न्युजिल्याण्डकाे ह्यमिल्टनमा क्लबकाे आर्थिक सहयाेगार्थ नेपाली सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” काे प्रदर्शनी गरेकाे छ । क्लबले सम्पूर्ण दर्शक, प्रायाेजक, स्वयंसेवी तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुका साथै दर्शककाे उल्लेख्य उपस्थिति रहेकाे उक्त कार्यक्रम सफल रहेकाे आयाेजकले जनाएकाे छ । कार्यक्रमलाई सम्पन्न गर्न क्लबले भरपुर प्रयास गर्नुका साथै नेपाल न्युजिल्याण्ड वाईकाटाे फ्रेण्डसिप साेसाईटिले पनि याेगदान गरेकाे थियाे । साथै विभिन्न व्यक्ति र व्यवसायिक संस्थाहरुकाे पनि सहयाेग रहेकाे छ । कार्यक्रमलाई के.सी ग्रुप लिमिटेड, जे. डि. क्लिनिङ सर्भिसेज, स्टार्ट अफ ईन्डिया, ईगल आई लिमिटेड, सुप्पर प्राईस फर्निचर तथा वेलकम ईन्डियन टेक अवे ले प्रायाेजन गरेका थिए ।
२०१४ मा स्थापना भई विभिन्न खेलकुद प्रतियाेगिता, “ईथ्निक कप” , तेञ्जिङ-हिलारी कप, फुटसल टुर्नामेन्ट लगायतका प्रतियाेगितामा आफ्नाे सहभागिता जनाउदै आएकाे गाेर्खाली क्लब अन्य सामाजिक काममा पनि उत्तिकै समर्पित रहेकाेछ । क्राईस्चर्चमा भुकम्पले पुर्याएकाे क्षतिप्रति अति संबेदनशील हुँदै त्यहाँका पिडितकाे सहयाेगार्थ क्लबले “सेभेन-साईड ” एक दिवसीय प्रितियाेगिता आयाेजना पनि गरेकाे थियाे । स्थानीय सतरमा रहेकाे नेपाली संस्था नेपाल न्युजिल्याण्ड वाईकाटाे फ्रेण्डसिप साेसाईटि तथा अन्य संस्थाहरुसगँ सहकार्य एवं सम्पूर्ण नेपालीहरुलाई समेट्दै विविध क्षेत्रमा पनि यस क्लबले सामाजिक कामहरु गर्दै आएकाे छ ।
युवा-विद्यार्थीहरुकाे बाहुल्य रहेकाे उक्त क्लबकाे क्याप्टेन एलेक्स पाण्डे हुनुहुन्छ भने डा. चन्द्र पाैड्याल, सुरेन कार्की, बाल तिमिल्सिना, प्रशन्न कायस्थ तथा अशाेक कंडेलकाे व्यवस्थापकीय भूमिका रहेकाे छ ।

Sunday, 3 November 2019

नेपाली भाषा, कला, संस्कृति , रितिरिवाज र नेपाली मूल्यमान्यतालाई संरक्षण गर्ने प्रयासमा छाैँ: डा. रमिल अधिकारी

सञ्जय शान्ति सुबेदी
१० नोभेम्बर, २०१९

The Nepalese Society of Wellingtonका अध्यक्ष एवं  Public Health Association of NZ, Wellingtonका नव निर्वाचित अध्यक्ष डा. रमिल अधिकारी न्युजिल्याण्डवासी नेपालीका लागि सुपरिचित नाम हाे । न्युजिल्याण्ड सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतकाे दुर्व्यसनी सम्बन्धी परियाेजनाका पब्लिक हेल्थ अफिसरका रुपमा कार्यरत डा. रमिल जस्टिस अफ पिस (JP)काे भूमिकाले पनि परिचित हुनुहुन्छ । प्रस्तुत छ, डा. रमिल अधिकारीसगँ सञ्जय शान्ति सुबेदीद्वारा लिईएकाे अन्तर्वार्ताकाे सम्पादित अंश ।


डा. रमिल अधिकारी

Public Health Association of NZ, Wellington काे अध्यक्ष हुनुभएकाेमा सर्वप्रथम बधाई एवं शुभकामना प्रदान गर्न चाहन्छाैँ । यहाँ सम्मकाे तपाईकाे यात्रालाई संक्षिप्तमा हाम्रा पाठकलाई बताईदिनुहाेस् न ।
डा. रमिल: संघर्ष, मिहेनत र निरन्तरताले प्राय सबैलाई सफलता प्रदान गर्दछ । म जुन अवस्थामा छु यसलाई ठुलाे उपलब्धीकाे रुपमा त लिएकाे छैन किनभने अझै धेरै हाँसिल गर्नुछ । नेपाल/पाेखराबाट विदेश आएर यहाँ झनै कडा प्रतिस्पर्धा एवं नयाँ परिवेशमा नवसुरुवात गर्नु चुनाैतिपूर्ण नै थियाे । तर पेशाले चिकित्सक भएकाले पनि यहाँ व्यवसायिक हिसावले काम गर्न भने केहि सहज त भयाे नै । नेपाल देखि नै सामाजिक संघ-संस्थामा आबद्ध रहेकाले यहाँका सामाजिक र व्यवसाहिक क्षेत्रका संस्थाकाे नेतृत्व पुग्न सफल भएकाे हुँ कि जस्ताे लाग्छ ।
जस्टिस अफ पिस (JP) काे रुपमा पनि वेलिङ्टन मा डा. रमिल परिचित हुनुहुन्छ। यस भूमिकाका बारेमा पनि जानकारी गराईदिनुस न ।
डा. रमिल: जस्टिस अफ पिसकाे सामान्यतया भूमिकाकाे बारेमा त सबैलाई थाहा नै छ । याे पनि एउटा महत्वपूर्ण जिम्मेवारी हाे । चाईनिज, डच लगनयत ६ वटा विभिन्न भाषामा संवाद गर्न सक्ने भएकाले मसगँ धेरै आप्रवासीहरु, युवा विद्यार्थीहरु र किवीहरु पनि आउने गर्नुहुन्छ । उहाँहरुलाई पनि सेवा प्रदान गर्न पाउँदा खुसी लाग्छ ।

नेपाली समुदायलाई पनि बराेबर समय दिनुभएकाे छ । वेलिङटनकाे नेपाली समाजकाे अध्यक्षमा रहेर के कस्ता गतिबिधिहरु सम्पन्न वा याेजना गर्नुभएकाे छ?
डा. रमिल:म नेतृत्वमा रहे पनि याे समाजका गतिबिधिमा सम्पूर्ण टिमकाे भूमिका छ । हामीले नयाँ साेच सहितका नयाँ अनुहारहरुलाई स्थान दिएका छाै । नेपाली भाषा, कला, संस्कृति , रितिरिवाज र नेपाली मूल्यमान्यतालाई बिदेशमा रहेर पनि संरक्षण गर्ने प्रयास गरिरहेका छाैँ । वेलिङ्टनका विभिन्न स्थानमा देउसी-भैलाे कार्यक्रम सफलरुपमा सम्पन्न भयाे, दशैकाे कार्यक्रम पनि राम्राे रह्याे । नेपाली चलचित्र प्रदर्शन गर्ने तयारीमा छाैँ । प्रविधि र डिजिटल माध्यमकाे प्रयाेग गरी संस्थालाई अझ चुस्त दुरुस्त पारिएकाे छ । मुख्यत: यहाँकाे एकता र आपसी सामन्जस्यतालाई मजबुद बनाउन हामीले याेजना तर्जुमा गर्ने र त्यस अनुरुप नै गतिबिधिहरु हुने गरेका छन् ।तपाईहरुकाे मिडिया मार्फत सम्पूर्ण सहयाेगदाता र यहाँ सम्म संस्थालाई ल्याउनुहुने महानुभावहरुप्रति आभार पनि प्रकट गर्न चाहन्छु ।
वेलिङ्टन न्युजिल्याण्डकै राजधानी पनि हाे , राजधानीमै रहेकाे नेपाली संस्थाकाे नाताले न्युजिल्याण्ड सरकार समक्ष नेपालीहरुका विषयमा आवाज उठाउन सहज पनि हाेला । यस विषयमा के भन्न चाहनुहुन्छ ?
डा. रमिल: मलाई वा वेलिङटनकाे समाजलाई न्युजिल्याण्ड सरकारसमक्ष नेपालीकाे विषय उठान गर्न स्वभाविक हिसाबले सहज त हुन्छ नै तथापि अन्य शहरहरुबाट प्रतिनिधित्व गर्ने समाजका नेतृत्वबाट पनि राम्राे पहल नभएकाे भने हाेईन । सबैजना नेपालीकाे सबालमा गम्भीर नै हुनुहुन्छ । मलाई वा वेलिङटनकाे समाजलाई न्युजिल्याण्ड सरकारसमक्ष नेपालीकाे विषय उठान गर्न स्वभाविक हिसाबले सहज त हुन्छ नै तथापि अन्य शहरहरुबाट प्रतिनिधित्व गर्ने समाजका नेतृत्वबाट पनि राम्राे पहल नभएकाे भने हाेईन । सबैजना नेपालीकाे सबालमा गम्भीर नै हुनुहुन्छ । यति भनिरहँदा मलाई के चाहिँ महशुस हुन्छ भने वेलिङटनकाे याे विषयमा अतिरिक्त जिम्मेवारी छ । न्युजिल्याण्ड सरकारका पदाधिकारी, मेयर, सासंद , मन्त्रीहरुसङ्ग भेटघाट भईरहँदा नेपालीका विषयलाई महत्वका साथ प्रस्तुत गर्ने प्रयास गरिरहेकै छु । संसदमा मनाईएकाे एभरेष्ट डे र यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिन सक्नु हाम्राे चुनाैति हाे । विभिन्न स्थानिय तथा राष्ट्रिय नेताहरुसगँकाे साक्षातकारमा आम विद्यार्थी, डिपेण्डेण्ट र भिषाका विषय पनि प्राथमिकतामा रहने गर्दछन् ।
व्यवसायिक जीवन, सामाजिक र व्यक्तिगत समयलालाई सन्तुलित राख्न कस्ता उपायहरु प्रयाेग गर्नुहुन्छ ?
डा. रमिल: व्यवसायिक र सामाजिक कामहरु गर्दा टिमवर्कमा जाेड दिनुपर्दछ । अनावश्यक चिजहरु भन्दा पनि प्राथमिकताका आधारमा कामगर्दा समय उत्पादक हुनेगर्दछ । म अलिक फ्लेक्जिबल पनि छु । आफु लचिलाे हुँदा अरुकाे पनि सकारात्मक प्रतिक्रिया पाईदाे रहेछ ।
पछिल्लाे समय नेपालीहरु बिदेशिने क्रम झन् झन् बढ्दाे छ । परदेश पलायन हुने युवा-विद्यार्थीहरुलाई के सुझाव दिनुहुन्छ?
डा. रमिल: विश्वव्यापीकरणकाे याे युगमा बिदेश जानै हुँदैन भन्नू त अलिक अव्यवहारिक हाेला तर बिदेश आउनु छ भने सम्पूर्ण कुराहरु अध्ययन गरेर, घर-परिवारसगँ सल्लाह गरेर र परिपक्व भएर मात्र निर्णय गर्नुपर्दछ । बिदेशमा तयारि नगरिकन आउँदा अनावश्यक दुःख पनि पाउन सकिन्छ । जहाँसम्म पलायनकाे कुरा छ, याे ठूलाे विषय हाे । आफ्नाे भविष्यका निम्ति, अवसर वा बाध्यताले धेरै युवाहरु पलायन हुनुपरेकाे छ । नेपालकाे राजनीति सुधार भएमा, मुख्यतः भ्रष्टचार घट्याे भने हामी मात्र हाेईन धेरै जना नेपाल फर्किन आतुर हुनुहुन्छ ।
फुर्सदकाे समय कसरी बिताउन रुचाउनु हुन्छ ?
डा. रमिल: सामन्यतया मेराे रुचि विभिन्न देशहरु यात्रा गर्न, रचनाहरु लेख्न, सामाजिक कामहरुमा संलग्न हुनु हाे । नियात्रा एवं कविताहरु पनि लेख्ने गर्छु ।
अन्त्यमा, न्युजिल्याण्डमा बसाेबास गर्नुहुने नेपालीहरु वा यहाँ आउन ईच्छुक नेपालीहरुलाई के सल्लाह दिनहुन्छ?
डा. रमिल: नेपाल-न्युजिल्याण्डकाे सम्बन्ध जनताकै स्तरमा पनि राम्राे छ । सर एडमण्ड हिलारी र तेञ्जिङ नाेर्गेका कारणले पनि नपालीलाई किवीहरुले राम्राे मान्ने हुँदा हामी आफैमा सक्षम हुने हाे भने न्युजिल्यण्डमा सापेक्षिक हिसावले सहजता नै छ । हामीले नेपालीकाे प्रतिष्ठामा आँच नआउने तथा अझै इज्जत बढ्ने काम गर्नुपर्दछ । युवा-विद्यार्थीहरुले पढाई एवं कामप्रति लगनशील हुँदा सफलता हाँसिल गर्न सहज छ । नेपाली समुदाय पनि बढ्दाे छ । यसलाई व्यवस्थित गर्दै जानुपर्दछ । यहाँका नेपालीलाई स्वदेशसगँ जाेड्न उपयुक्त प्रयासकाे आवश्यकता छ ।

शिलान्यास : नेपाल निर्माणकाे नालीबेली

समाजशास्त्री तथा लेखक सुजित मैनालीद्वारा रचिएकाे पुस्तक "शिलान्यास : नेपाल निर्माणकाे नालीबेली" एक  स्वाभिमानी नेपाली एवं रजनीतिमा रुचिकर पाठकका हिसावले पढ्दा अति सकारातमक, ज्ञानमूलक एव पठनीय लाग्याे । सम्पूर्ण स्वदेश र विदेशमा रहेका नेपाली, गैर-नेपाली र बिशेषतः उदाउँदाे पुस्ताले पढ्नै पर्ने पुस्तक रहेछ । याे पुस्तकबाट ईतिहास, समाजशास्त्र मात्र नभएर राजनीति, कुटनीति, बिदेशनीति, अर्थनीति, भाषा-साहित्य, सैन्यनीति, सामाजिक रीतिथिति, न्याय तथा प्रशासनमा रुचिकर पाठक/अध्येताले पनि सार्थक दृष्टान्त एवं सिकाईहरु प्राप्त गर्न सक्नुहुनेछ । लेखक सुजित मैनाली जि (वा बुकहिल प्रकाशकलाई ) याे पुस्तक अङ्ग्रेजी, हिन्दी र म्यान्डारिन भाषामा अनुवादन गरिदिनहुन विशेष अनुराेध छ ।जनजाति, महिला र दलितका विषयमा तपाईले सुरू गर्नुभएकाे लेखन पुस्तककाे रुपमा छिटै प्रकाशित हाेस् भन्ने शुभकामना ।

मुख्यतः तीन भागमा विभाजित याे पुस्तकले अाधुनिक नेपालकाे वर्तमान अवस्था सम्ममा अाउनुमा पृथ्वीनारायण वा उनले सुरुवात गरेकाे दूरदर्शी महाअभियानलाई न्यायपूर्ण ढङ्गले प्रस्तुत गरेकाे छ । खण्ड १ मा राज्यविस्तार, हिन्दूकरण, धार्मिक सह-अस्तित्व, बहुसंस्कृतिवाद, अधार्मिक शासक, नेपाली भाषाकाे प्रभुत्व, नश्लवादी राज्य, अाधुनिक नेपाल कति बहुजातिय, पृथ्वीनारायणकाे सेनाकाे जातीय चरित्र, राष्ट्रिय संकट माेचन, पूर्वीय नेपालकाे चढाई, अाधुनिक नेपाल: राजनीतिक स्वार्थकाे उपज, जातिय विद्राेह, सजातीयहरुकाे विद्राेह, सरकारी नियुक्ति तथा अाधुनिक नेपालपूर्वकाे अवस्था जस्ता विभिन्न विषयलाई समेटिएकाे छ ।

खण्ड-२ मा नेपालले कसरी अविच्छिन्न रुपमा अाफ्नाे स्वतन्त्रता कायम गरिरह्याे भन्ने विषयमा चर्चा गरिएकाेछ । प्रतिरक्षा, चीनसङ्गकाे युध्द, अङ्ग्रेजसङ्गकाे युध्द, काेतपर्व पछिकाे सन्तुलन, विश्वयुध्द-१, २००७ क्रान्तिपछिकाे उतारचढाव, संविधान घाेषणा र नाकाबन्दीका बारेमा चर्चा गरिएकाे छ ।

तेस्राे खण्ड भने मानवशास्त्रीकाे मुखुण्डाे बाेक्ने, वैदेशिक गैर सरकारी संस्थाकाे पैसा र स्वार्थमा डुबेर अाग्रहपुर्वक ढङ्ले डुबेका डाेबहादुर बिष्टकाे पुस्तक फेटालिज्म एण्ड डेभलपमेन्ट : नेपाल्स स्ट्रगल फर माेडर्नाइजेसन (१९९१) का अप्रामाणिक र असान्दर्भिक पक्षहरुपमाथि विमर्श गरिएकाे छ ।

यस पुस्तकले अाम नेपालीलाई याे देश कसरी उपनिवेशीकरणकाे बिगबिगी रहेकाे बेला हाेस् वा अन्य बेला पनि सगाैरव सार्वभाैम रहिरहन सफल रह्याे भन्ने चेतना प्रदान गर्दछ । पृथ्वीनारायणले अाधुनिक नेपालकाे सृजना नगरेकाे भए हामी कस्ताे अवस्थामा हुन्थ्याैँ हाेला भन्ने विषयमा खासै परिचर्चा नगर्ने बरु फगत् उनका कमजाेरी निकाल्न उद्धत हाम्रा बुध्दिजिवी र इतिहासकारहरुलाई त याे पुस्तक गतिलाे पाठ नै हाे । धेरै भ्रमहरुलाई चिर्न सफल याे पुस्तक हाम्राे गर्विलाे इतिहासकाे सफा ऐना बराबर छ ।  बिक्रम १८०० काे सामाजिक- राजनीतिक परिवेश यस पुस्तककाे चस्माले हेर्दा पृथ्वीनारायण शाह प्रगतिशील राजनेताका रुपमा देखिन्छन् । पृथ्वीनारायणकाे कुटनीति र नेपालकाे भाैगाेलिक अवस्थिति नै मुख्य दुई कारणले हामी सगर्व सार्वभाैम नेपालीका रुपमा विश्वभर ठाडाे शिर लिएर हिड्न पाएका छाैँ । उनले देखाएकाे जातीय-धार्मिक सद्भाव,  न्युनतम बल प्रयाेग तथा अधिकतम कुटनीति प्रयाेग गरी गरिएकाे राज्यविस्तार, राजनेताकाे परिपक्वता एवं दूरदर्शीता, नैतिक अाचरण तथा ईत्यादी कुरा यस पुस्तकमा छर्लङ्ग देख्न सकिन्छ ।

Sunday, 1 September 2019

नारि (कविता)

१. अाधारभूत शीपहरु  (Basic Fundamental Skills सिक्ने अवसरबाट बञ्चित गरिने तर बाहिरी वा 'देखावटी' प्रतिस्पर्थामा पुरुषसरह अाउन नसकेकाे भनेर लगाईने अालनेचना ।
२. घर-गृहस्थ, छाेराछाेरी, सासू-ससुरा र श्रीमान पनि सम्हालेर फेरि पेशा-व्यवसायमा अर्काे पुरुषसगँ गर्नुपर्ने प्रतिस्पर्धा जुन अाँफैमा असमान छ ।
३. सामाजिक कुरिती, नैतिकताकाे डर देखाएर लगाईएका बज्देज, ग्रन्थ जस्तै मनुस्मृति लगायतले दिएका नारिमाथिका विभेदहरु, सतीदेखी सीतासम्मले पाएका दुखका दृष्टान्टहरु, इत्यादि ।
४. नारि विशेषतः अल्पसङ्ख्यक, जनजाति, मधेसी , गरिव, ठूलाे अाेगट्ने दलित नारी र पिछडिएकाहरुकाे उत्थान नभई न देशकाे GDP न Per Capita Income, न त HDI बढ्ने भएकाले ई सबै समुदायका नारिहरु उत्थानबीना देशले प्रगति नगर्ने यथार्थ ।
५. मानवता, स्वतन्त्रता एवं सामाजिक समानता प्रतिकाे मेराे व्यक्तिगत विश्वाशलाई अाधार मानेर

  "म नारी"

एउटा दाैड प्रतियाेगितामा
जहाँ सबै प्रतिस्पर्धीहरु सबल छन्
समान दूरी ताेकिएकाे छ
हामी सबै प्रस्थानविन्दुमा छाैँ
फरक मात्र एक छ
म खाडलमा भाषिएकाे छु
अरु सबै दाैडका लागि तयार छन् ।

अर्काे प्रतियाेगिता
गुलेलीकाे निशानाबाजि हुँदैछ
मट्याङ्रा पनि उस्तै
गुलेली पनि उस्तै
फरक मात्र एक छ
मेरा हात बाँधिएका छन्
रबर नतन्काई गुलेली चलाउनुछ
अपितु प्रतिस्पर्धा भने समान छ !!

निश्चित उमेर पुगेपछि
मैले पनि गुँड फेर्नुछ
चारा र खाना जाेहाे गरि
बचरालाई बचाउनु छ
पंक्षीकाे र मेराे जिन्दगी
हेर्दा समान-समान छ
फरक मात्र एक छ
चरी भएता पनि उ बन्धनमुक्त छ,
म भने पिँजडाभित्र छु
जसलाई हामी समाज कहलाउछाैँ ।

संस्कृतिलाई अन्धविश्वासले
सामाजिक चेतलाई अज्ञानताले
संकिर्णता र दास मानसिकताले
धर्म, ग्रन्थ र कुप्रथाले
असमानताकाे दलदलमा
चुरलुम्म डुबेकाे याे नारीले
अब निर्णय लिनु छ
झार बन्ने कि कमलकाे फुल
या बन्ने चट्टानबीच उम्रेकाे पिपल ।

बच्चाले राेएर पाउँछ सबथाेक
सबथाेक भिक्षुले मागेर पाउँछ
तर जब अधिकारकाे सबाल छ
न रुञ्चे या त मगन्ते पाराले चल्छ
लड्नुछ मिलेर, जुटेर बढ्नुछ
चेतनाकाे ज्वालामुखी फुटेर
छरपस्ट हुनुछ उर्जाशील लाभाहरु
नयाँ पहाडहरु सृजित हुनेछन्
संसार परिवर्तन हुनेछ ।

याे प्रयाश केवल प्राप्तिकाे हाेईन
न त फगत अवसर र अधिकारकाे
म चाहन्छु मेराे परिवेश
पर्यावरण, सेराेफेराे मेराे समाज
जुरुक्क उठाेस यहाँबाट
अनि शिखरबाट गुञ्जियाेस्
र भनाेस् सगर्व
हामी सबैकाे याेगदान थियाे
र पाे हामी खुसी छाै, सुखी छाैँ
याे विभेदमुक्त समाजमा ।

Wednesday, 22 May 2019

झलनाथ खनालले भने ‘संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौँ’

झलनाथ खनालले भने ‘संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौँ’: सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले सरकारको दुईतिहाइ भएकै

गाेर्खा फुटबल क्लब न्युजिल्याण्डद्वारा च्यारिटि साे सम्पन्न

गाेर्खा फुटबल क्लब, न्युजिल्याण्डले अक्ल्याण्डकाे हलिउड सिनेमा हलमा “च्यारिटि साे” उल्लेख्य दर्शककाे उपस्थितमा सुसम्पन्न गरेकाे छ । नेपाली ...