राष्ट्रवाद ! (लघुकथा)
जुन ११, २०२०
सञ्जय शान्ति सुवेदी
छोरीको पहिलो वर्षदिनको अवसरमा बालसखा राजेन्द्रलाई निम्ताे दिन गएको थिएँ, उसको टेढेमेढे प्रवचन सुरु भइहाल्यो, आफुँ न पिआर वाला न राजनितीमा रुचि भएको मान्छे । "पि आर र जागिर पाएपछि देशभक्ति देखाउन राजनीति गर्नुपर्ने तपाईंको बाध्यता म बुझ्न सक्छु, तर यस्ता कुरा सुनाएर दिग्दार नबनाउनुस्", मैले सीधै उनलाई भनेँ । "तपाईं आफैँ विदेश आउनु भएको छ, किन गफ लगाउनु हुन्छ" ऊ झोक्कियो । मैले फ्याट्ट सोधेँ-राजेन्द्रजी, पुलचोकमा इन्जिनियरिङ गरेको मान्छेले देशले लगाएको गुन देशमै बसेर फिर्ता गर्छु भनेर कहिल्यै सोच्नु भएन ? के पाउनुहुन्छ यो विदेशमा राजनीति गरेर ? ऊ तर्क दिन हर प्रयास गर्दै थियो। चित्त नबुझेर फेरि मैले सोधेँ "के दिनु भयो त तपाईँले राजनिति गरेर ?" ऊ अनुत्तरित भएको भाव स्पष्ट झल्किन्थ्यो । त्यतिनै बेला खाम हातमा बुझाएर फर्किँदै गर्दा यसो सोचेँ, दिन त दिएकै छ नि, फेसबुकमा यत्रा गफ दिन कम फुर्सद चाहिन्छ र । अझ पोस्ट गर्दा पैसा लाग्ने भए के गर्थ्याे होला, ऊ ? म गमिरहेँ ।
No comments:
Post a Comment
Comments