Friday 12 June 2020

एनआरएन (लघुकथा)

                                                                   एनआरएन (लघुकथा)
जुन ११, २०२०
सञ्जय शान्ति सुवेदी




छाेरीलाई राेडपारीकाे स्कुल (डे केयर) लान तयार पार्दै श्रीमतीले राजारामलाई भनिन्- खै त छारीलाई छाेड्न जान्छु भन्नु भएकाे हैन, ठिलाे हुन लाग्याे । भित्रबाट ऊ चिच्याउँदै भन्याे, "ल म आइहालेँ, एउटा पाेस्ट अपडेट गर्दैछु।"

अचेल राजाराम अलिक व्यस्त नै भएको छ, चुनावले गर्दा । नेपालमा टुटे ठुटे राजनीति गरेकालाई विदेशमा एनआरएनकाे चुनाव चाडपर्व नै भइदिन्छ । नेपालमा बरु आमसभा, प्रशिक्षण, र्याली, बैठक अनेक नाममा समय खेर जान्छ, विदेशमा त्याे पनि गर्नु पर्दैन । नेपालबाट पार्टीका नेता बाेलायाे, घुमाइदियाे, कुम जाेडेर फाेटाे खिचायाे भइहाल्याे । 

"तपाईंलाई फेसबुक भए पुग्छ है ?" अस्पतालकाे ड्युटी भ्याउन हस्याङ्फस्याङ् गर्दै गरेकी नर्स श्रीमती  रिसाएकाे मुद्रामा राजारामलाई गाली गर्दै थिइन् । "चुनावमा उठेकाे छु, भाेटरलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु छ, सिद्धान्त र आदर्शका कुरा, विकास र एकताका कुरा बाेल्ने लेख्ने यहि बेला त हाे नि, उसले थप्याे, "अब याे महिना अनि चुनाव पछि अर्काे एक ! प्लिज बुझ न !" म रात-दिन-बिहान नभनी अस्पताल जान्छु, कमाउँछु, पिर आर बनाएँ । तपाईँ भने अनेक बाहानामा समय खेर फाल्ने, राजनिति गर्ने र पैसा खर्च गर्ने भए नेपाल जानुस् । राजारामकी श्रीमती यी कुरामा सधैँ अडिग थिइन् । 

राजाराम छाेरीलाई स्कुल पुर्याउँदै श्रीमतिका मन बिजाउने शब्दहरु सम्झिरह्याे । म आखिर नेपाल फर्कने हाेइन, यहाँ यस्साे सक्रिय भएझै गरिदिए भैगाेनि । श्रीमतीकाे कुरा ठिकै हाे भन्ठान्याे र घर पुग्ने बित्तिकै फेसबुकमा फेरि पाष्ट्यायाे, "नेपालकाे विकास गर्ने हामी युवाले नै हाे  !!"

3 comments:

  1. राम्रो शुरुवात, शुभकामना।

    ReplyDelete
    Replies
    1. धन्यवाद सर । याे लकडाउनले आफ्ना केही लेखनीका शाेखहरु पूरा गर्न सहयाेग गरेकाे छ 😋

      Delete
  2. राम्राे प्रयास । आफ्नाे रुचि र प्रतिभा एकाकार हुने वातावरण मिलाेस् । शुभकामना ।

    ReplyDelete

Comments

Candlelight Vigil in Aotea Square to honour plane crash Victims in Nepal

Auckland, January 17, 2023 A group of Nepalese youth in Auckland has organized a Candlelight Vigil at the Aotea Square yesterday to honour t...