Wednesday 31 March 2021

न्युजिल्यान्डको अकल्यान्डमा नेपाल महोत्सव सम्पन्न

न्युजिल्यान्डमा नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्न आयाेजित  "नेपाल फेस्टिभल" मेला न्युजिल्यान्डका विभिन्न शहरहरूबाट नेपालीहरू र स्थानीयहरूकाे उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ । प्राय: हलमा हुने नेपाली कार्यक्रमहरू भन्दा खुल्ला स्थान (एआेटा स्कायर)मा भएकाे नेपाल फेस्टिभलले नेपालीहरूकाे न्युजिल्यान्डमा रहेकाे उपस्थित तथा नेपालकाे चिनारी जाेगाउन खेलेकाे सक्रिय भूमिका स्पष्टरूपमा झल्काएकाे थियाे । 

नेपाली झाँकी र परेड गरी सुरूवात गरिएकाे कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएकाे थियाे । उक्त कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्व. एडमण्ड हिलारीकी पत्नी जुन हिलारी,  विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय संचारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्डमूलका सहभागीहरूकाे बाक्लाे सहभागिता रहेकाे थियाे । 
"२०२० सालमा निर्धारित समयमा काेभिड-१९ का कारणले सम्पन्न गर्न सकिएकाे थिएन, यसकाे त्रास अझै रहे पनि कार्यक्रम भने साेचे भन्दा भव्य र नेपाली संस्कृतिलाई प्रचार-प्रसार एवं प्रवर्द्धन गर्न कार्यक्रम सफल रह्याे",  आयाेजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष डा सान्ताेष भण्डारीले बताउनुभयाे । न्युजिल्यान्डका लागि नेपालका मानार्थ पर्यटनदूत डा रमिल अधिकारीले नेपाल र न्युजिल्यान्डकाे आत्मियताकाे एउटा महत्वपूर्ण पाटाे पर्यटन हुन सक्ने बताउनुभयाे । "नेपाली भाषा र संस्कृतिलाई दाेस्राे पुस्तामा हस्तान्तरण गर्नु नेपाली डायस्पाेराले प्रमुख जिम्मेवारी हाे, यस कार्यक्रमले थप ऊर्जा बढाएकाे छ", कार्यक्रममा सहभागी नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष सञ्जय शान्ति सुबेदीले बताउनुभयाे । अन्य स्थानीय अतिथि वक्ताहरूले पनि नेपाल र न्युजिल्यान्डबिच रहेकाे परस्पर मैत्री सम्बन्धका बारेमा जाेड दिनुभएकाे थियाे ।
 मार्च २७ गते आयाेजित कार्यक्रममा अनुमानित १० हजार व्यक्तिहरू सहभागी भएकाे आयाेजकले जनाएकाे छ ।

No comments:

Post a Comment

Comments

Candlelight Vigil in Aotea Square to honour plane crash Victims in Nepal

Auckland, January 17, 2023 A group of Nepalese youth in Auckland has organized a Candlelight Vigil at the Aotea Square yesterday to honour t...