Sunday 1 September 2019

नारी (कविता)

१. अाधारभूत शीपहरु  (Basic Fundamental Skills सिक्ने अवसरबाट बञ्चित गरिने तर बाहिरी वा 'देखावटी' प्रतिस्पर्थामा पुरुषसरह अाउन नसकेकाे भनेर लगाईने अालनेचना ।
२. घर-गृहस्थ, छाेराछाेरी, सासू-ससुरा र श्रीमान पनि सम्हालेर फेरि पेशा-व्यवसायमा अर्काे पुरुषसगँ गर्नुपर्ने प्रतिस्पर्धा जुन अाँफैमा असमान छ ।
३. सामाजिक कुरिती, नैतिकताकाे डर देखाएर लगाईएका बज्देज, ग्रन्थ जस्तै मनुस्मृति लगायतले दिएका नारिमाथिका विभेदहरु, सतीदेखी सीतासम्मले पाएका दुखका दृष्टान्टहरु, इत्यादि ।
४. नारि विशेषतः अल्पसङ्ख्यक, जनजाति, मधेसी , गरिव, ठूलाे अाेगट्ने दलित नारी र पिछडिएकाहरुकाे उत्थान नभई न देशकाे GDP न Per Capita Income, न त HDI बढ्ने भएकाले ई सबै समुदायका नारिहरु उत्थानबीना देशले प्रगति नगर्ने यथार्थ ।
५. मानवता, स्वतन्त्रता एवं सामाजिक समानता प्रतिकाे मेराे व्यक्तिगत विश्वाशलाई अाधार मानेर

  "म नारी"

एउटा दाैड प्रतियाेगितामा
जहाँ सबै प्रतिस्पर्धीहरु सबल छन्
समान दूरी ताेकिएकाे छ
हामी सबै प्रस्थानविन्दुमा छाैँ
फरक मात्र एक छ
म खाडलमा भाषिएकाे छु
अरु सबै दाैडका लागि तयार छन् ।

अर्काे प्रतियाेगिता
गुलेलीकाे निशानाबाजि हुँदैछ
मट्याङ्रा पनि उस्तै
गुलेली पनि उस्तै
फरक मात्र एक छ
मेरा हात बाँधिएका छन्
रबर नतन्काई गुलेली चलाउनुछ
अपितु प्रतिस्पर्धा भने समान छ !!

निश्चित उमेर पुगेपछि
मैले पनि गुँड फेर्नुछ
चारा र खाना जाेहाे गरि
बचरालाई बचाउनु छ
पंक्षीकाे र मेराे जिन्दगी
हेर्दा समान-समान छ
फरक मात्र एक छ
चरी भएता पनि उ बन्धनमुक्त छ,
म भने पिँजडाभित्र छु
जसलाई हामी समाज कहलाउछाैँ ।

संस्कृतिलाई अन्धविश्वासले
सामाजिक चेतलाई अज्ञानताले
संकिर्णता र दास मानसिकताले
धर्म, ग्रन्थ र कुप्रथाले
असमानताकाे दलदलमा
चुरलुम्म डुबेकाे याे नारीले
अब निर्णय लिनु छ
झार बन्ने कि कमलकाे फुल
या बन्ने चट्टानबीच उम्रेकाे पिपल ।

बच्चाले राेएर पाउँछ सबथाेक
सबथाेक भिक्षुले मागेर पाउँछ
तर जब अधिकारकाे सबाल छ
न रुञ्चे या त मगन्ते पाराले चल्छ
लड्नुछ मिलेर, जुटेर बढ्नुछ
चेतनाकाे ज्वालामुखी फुटेर
छरपस्ट हुनुछ उर्जाशील लाभाहरु
नयाँ पहाडहरु सृजित हुनेछन्
संसार परिवर्तन हुनेछ ।

याे प्रयाश केवल प्राप्तिकाे हाेईन
न त फगत अवसर र अधिकारकाे
म चाहन्छु मेराे परिवेश
पर्यावरण, सेराेफेराे मेराे समाज
जुरुक्क उठाेस यहाँबाट
अनि शिखरबाट गुञ्जियाेस्
र भनाेस् सगर्व
हामी सबैकाे याेगदान थियाे
र पाे हामी खुसी छाै, सुखी छाैँ
याे विभेदमुक्त समाजमा ।

No comments:

Post a Comment

Comments

Candlelight Vigil in Aotea Square to honour plane crash Victims in Nepal

Auckland, January 17, 2023 A group of Nepalese youth in Auckland has organized a Candlelight Vigil at the Aotea Square yesterday to honour t...