१. अाधारभूत शीपहरु (Basic Fundamental Skills सिक्ने अवसरबाट बञ्चित गरिने तर बाहिरी वा 'देखावटी' प्रतिस्पर्थामा पुरुषसरह अाउन नसकेकाे भनेर लगाईने अालनेचना ।
२. घर-गृहस्थ, छाेराछाेरी, सासू-ससुरा र श्रीमान पनि सम्हालेर फेरि पेशा-व्यवसायमा अर्काे पुरुषसगँ गर्नुपर्ने प्रतिस्पर्धा जुन अाँफैमा असमान छ ।
३. सामाजिक कुरिती, नैतिकताकाे डर देखाएर लगाईएका बज्देज, ग्रन्थ जस्तै मनुस्मृति लगायतले दिएका नारिमाथिका विभेदहरु, सतीदेखी सीतासम्मले पाएका दुखका दृष्टान्टहरु, इत्यादि ।
४. नारि विशेषतः अल्पसङ्ख्यक, जनजाति, मधेसी , गरिव, ठूलाे अाेगट्ने दलित नारी र पिछडिएकाहरुकाे उत्थान नभई न देशकाे GDP न Per Capita Income, न त HDI बढ्ने भएकाले ई सबै समुदायका नारिहरु उत्थानबीना देशले प्रगति नगर्ने यथार्थ ।
५. मानवता, स्वतन्त्रता एवं सामाजिक समानता प्रतिकाे मेराे व्यक्तिगत विश्वाशलाई अाधार मानेर
"म नारी"
एउटा दाैड प्रतियाेगितामा
जहाँ सबै प्रतिस्पर्धीहरु सबल छन्
समान दूरी ताेकिएकाे छ
हामी सबै प्रस्थानविन्दुमा छाैँ
फरक मात्र एक छ
म खाडलमा भाषिएकाे छु
अरु सबै दाैडका लागि तयार छन् ।
अर्काे प्रतियाेगिता
गुलेलीकाे निशानाबाजि हुँदैछ
मट्याङ्रा पनि उस्तै
गुलेली पनि उस्तै
फरक मात्र एक छ
मेरा हात बाँधिएका छन्
रबर नतन्काई गुलेली चलाउनुछ
अपितु प्रतिस्पर्धा भने समान छ !!
निश्चित उमेर पुगेपछि
मैले पनि गुँड फेर्नुछ
चारा र खाना जाेहाे गरि
बचरालाई बचाउनु छ
पंक्षीकाे र मेराे जिन्दगी
हेर्दा समान-समान छ
फरक मात्र एक छ
चरी भएता पनि उ बन्धनमुक्त छ,
म भने पिँजडाभित्र छु
जसलाई हामी समाज कहलाउछाैँ ।
संस्कृतिलाई अन्धविश्वासले
सामाजिक चेतलाई अज्ञानताले
संकिर्णता र दास मानसिकताले
धर्म, ग्रन्थ र कुप्रथाले
असमानताकाे दलदलमा
चुरलुम्म डुबेकाे याे नारीले
अब निर्णय लिनु छ
झार बन्ने कि कमलकाे फुल
या बन्ने चट्टानबीच उम्रेकाे पिपल ।
बच्चाले राेएर पाउँछ सबथाेक
सबथाेक भिक्षुले मागेर पाउँछ
तर जब अधिकारकाे सबाल छ
न रुञ्चे या त मगन्ते पाराले चल्छ
लड्नुछ मिलेर, जुटेर बढ्नुछ
चेतनाकाे ज्वालामुखी फुटेर
छरपस्ट हुनुछ उर्जाशील लाभाहरु
नयाँ पहाडहरु सृजित हुनेछन्
संसार परिवर्तन हुनेछ ।
याे प्रयाश केवल प्राप्तिकाे हाेईन
न त फगत अवसर र अधिकारकाे
म चाहन्छु मेराे परिवेश
पर्यावरण, सेराेफेराे मेराे समाज
जुरुक्क उठाेस यहाँबाट
अनि शिखरबाट गुञ्जियाेस्
र भनाेस् सगर्व
हामी सबैकाे याेगदान थियाे
र पाे हामी खुसी छाै, सुखी छाैँ
याे विभेदमुक्त समाजमा ।
Sunday, 1 September 2019
Saturday, 8 June 2019
स्वास्थ्यकर्मीले भनिन्–‘तल्लो जातलाई छोइयो भने मलाई देवता आउँछ’
स्वास्थ्यकर्मीले भनिन्–‘तल्लो जातलाई छोइयो भने मलाई देवता आउँछ’: ए ! गाग्री छोइएला, अलि परबाट हिँड् ।’ कर्कश आवाजमा पल्लो घरकी काकीले भनिन् । काकीको छोरीसँग खेल्न उनको घर
Wednesday, 22 May 2019
झलनाथ खनालले भने ‘संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौँ’
झलनाथ खनालले भने ‘संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौँ’: सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले सरकारको दुईतिहाइ भएकै
Tuesday, 21 May 2019
कांग्रेसले बनायो छाया सरकार, गगन थापा शिक्षा मन्त्री
कांग्रेसले बनायो छाया सरकार, गगन थापा शिक्षा मन्त्री: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ। सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई सोमबार विभिन्न मन्त्रालयको छाया मन्त्रीको जिम्मेवारी दिएका हुन्।
Saturday, 18 May 2019
अष्ट्रेलियमा आम चुनाव : मतदान नगर्ने नागरिकलाई २० डलर जरिबाना Shared via @Ujyaalo
अष्ट्रेलियमा आम चुनाव : मतदान नगर्ने नागरिकलाई २० डलर जरिबाना Shared via @Ujyaalo: Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agriculture and multimedia.
Monday, 13 May 2019
पुँजीवादी क्रान्तिबिना आएको पुँजीवादले जात व्यवस्थालाई उन्मूलन गर्न सक्दैन
पुँजीवादी क्रान्तिबिना आएको पुँजीवादले जात व्यवस्थालाई उन्मूलन गर्न सक्दैन: मान्छे जन्मिदै फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । यसभित्र लुकेको षड्यन्त्रालाई छोडिदिँदा वर्णका अवधारणाको मूल कुरा नै जन्मँदा नै मानिस फरक फरक जन्मन्छन् । त्यसकारण तिनीहरुको समुहबद्धता पनि फरक –फरक हुनुपर्छ भन्ने देखिन्छ । कोही बौद्धिक काम गर्ने भएर जन्मिन्छन् भने कोही कृषि कार्य गर्ने भएर जन्मिन्छ । त्यसकारण ती फरक फर...
Subscribe to:
Posts (Atom)
Demystifying Transient Overvoltages: Decoding the 8/20µs Waveform
- Sanjay Shanti Subedi Helios Power Solutions In my work managing power systems and lightning protection at Helios Power Solutions, a conv...
