Thursday, 22 August 2024

बेकारमा किन गर्नु हतार?

(याे अपूर्ण रचना हाे, हजुरकाे सुझाव र विचारलाई पनि समावेश गराउन चाहन्छु । आफ्नाे विचार पनि सुझाउनुहाेला है ?)

https://youtu.be/PPAGwypP4ms?si=SOUDcq2YYPwM-9Ka

छुट्न लागेकाे बसमा पुग्न जसरी एउटा बस यात्रु दाैडिरहेकाे हुन्छ,  त्यसरी नै रेलका लागि, पानीजहाजका लागि मान्छेहरू दाैडिरहेका हुँदा हुन् । जब, म एयरपोर्टमा दाैडिरहेकाे मानिसहरू देख्छु, म साेच्छु अरू थप कति ठाउँमा मान्छेहरू दाैडिरहेका हुन्छन् हाेला । आफैँलाई सम्झन्छु, मै पनि त दाैडिरहेकाे हुन्छु नि- कहिले परिक्षामा समयमा पुग्न, कहिले मिटिङ्ममा पुग्न, कहिले शाैचालयकाे लागि त कहिले छाेरीलाई स्कुल लान वा लिएर आउन ।



मानिस किन यसरी दाैडिन्छ? के याे जिज्ञासा स्वभाविक हाेइन र ? एक आम व्यक्तिकाे रूपमा आफैँलाई नियाल्छु र गम्ने प्रयास गर्छु । स्वभाविक दाैड त ठिकै पनि हाेला तर एयरपाेट,बस बिसाैनी या यस्तै स्थानहरूमा हस्याङ्फस्याङ गर्ने, भागदाैड गर्ने र बिशेषत: पर्यावरण र माहाेललाई नै असामान्य लाग्ने गरी दाैडने, आफुलाई प्राथमिकता दिई पहिला जान दिनुस् न भनी बिलाैना गर्ने, इत्यादि प्रवृत्ति देखाउने व्यक्तिहरूमा रहेकाे समानता के हाेला त? 


यहि सन्दर्भमा म सम्झन्छु अफसि समयमा हुने ट्राफिक जाम, त्याे जामकाे बीचमा केही व्यक्तिहरू उस्तै हतारमा देखिन्छन् । राेडकाे लेन अनुशासनलाई धज्जी उठाउँदै र तीब्र गतिमा गाडी घुइँक्याउनेहरूलाई पनि नियाल्छु । थप नियाल्छु ती गाडीचालक, तिनीहरूले गुडाउँदै गरेका गाडीहरू। के-कस्ता जागिर व्यवसाय गर्दा हून, उनीहरूकाे दैनिकी कस्तो हाेला, अनि किन यसरी हतार हतार गरिरहेका हाेलान् । समयमै निस्किएकाे भए सम्भवतः समयमा नै गन्तब्यमा पुगिन्थ्याे हाेला, वा कारणवस ढिला भएकाे हाे भने पनि हतार गरेर के छिटाे पुगिएला त? सामान्यतया, गति बढ्दा कम समय लाग्ने बिज्ञानकाे नियम त छ तर "हतारले लतार" भन्ने पनि त उत्तिकै सान्दर्भिक उक्ति हाे जस्ताे लाग्दछ । कहिले हतार गर्नू र कहिले नगर्नू  भन्ने विषयमा पनि अध्ययन, लेखन र प्रकाशन भएकाे हाेला कि नहाेला, म अहिले साेच्दैछु । 


जस्ताे हुलाक सेवा एवं पारबहानकाे समय घटाउन हाेस् वा  रेल र रकेट गति बढाउन हाेस्  ठुला ठुला अनुसन्धान र लगानी भइरहेका छन् । कुनै पनि कामलाइ छिटाे छरिटाे तवरले सम्पन्न गर्नु मानव सभ्यताकाे लक्ष जस्ताे नै बनेकाे छ । यस अर्थमा हतार गर्नु वा छिटाे छिटाे काम गर्नु सम्भवतः गलत नदेखिन पनि सक्छ । तर यहाँको मुख्य विषय याे हाे कि- के यसरी एयरपोर्टमा वा सडकमा हतार गर्ने व्यक्तिहरूबिच केही समानता हाेला र?


Tuesday, 17 January 2023

Candlelight Vigil in Aotea Square to honour plane crash Victims in Nepal

Auckland, January 17, 2023
A group of Nepalese youth in Auckland has organized a Candlelight Vigil at the Aotea Square yesterday to honour the soul who departed in a flight crashed in Nepal on Sunday. 

There were 72 passengers and crew members traveling on the Yeti Airlines plane from Kathmandu to the popular tourist destination of Pokhara when it crashed. Nobody survived what has been described as the nation’s deadliest aviation accident in 30 years. According to Nepal’s civil aviation authorities, there were 37 males, 25 females, three children, and three new-borns onboard the flight. Nepal declared the 16th of January 2023 as the national mourning day.

                                                                                                                      Photo: Samar Thapa

Candlelight Vigil led by Mr. Milan Thapa initiated it with an open invitation via Facebook to join all the community members and Nepalese who were struck by the tragic accident in Pokhara Nepal. Mr. Thapa is also an active member of the Nepalese community in Auckland and actively promotes Nepalese culture and literature.


Addressing to the crowd, Mr. Sanjay Shanti Subedi expressed his deepest condolence and sympathy to the victim of the tragic air crash. Originally from Pokhara, Mr. Subedi remembered victims friends and acquaintances in his homeland.


More than 60 people gathered at a candlelight vigil for an hour at Aotea Square. 



Video of Crash Incident in Pokhara


Wednesday, 31 March 2021

न्युजिल्यान्डको अकल्यान्डमा नेपाल महोत्सव सम्पन्न

न्युजिल्यान्डमा नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्न आयाेजित  "नेपाल फेस्टिभल" मेला न्युजिल्यान्डका विभिन्न शहरहरूबाट नेपालीहरू र स्थानीयहरूकाे उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ । प्राय: हलमा हुने नेपाली कार्यक्रमहरू भन्दा खुल्ला स्थान (एआेटा स्कायर)मा भएकाे नेपाल फेस्टिभलले नेपालीहरूकाे न्युजिल्यान्डमा रहेकाे उपस्थित तथा नेपालकाे चिनारी जाेगाउन खेलेकाे सक्रिय भूमिका स्पष्टरूपमा झल्काएकाे थियाे । 

नेपाली झाँकी र परेड गरी सुरूवात गरिएकाे कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएकाे थियाे । उक्त कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्व. एडमण्ड हिलारीकी पत्नी जुन हिलारी,  विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय संचारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्डमूलका सहभागीहरूकाे बाक्लाे सहभागिता रहेकाे थियाे । 
"२०२० सालमा निर्धारित समयमा काेभिड-१९ का कारणले सम्पन्न गर्न सकिएकाे थिएन, यसकाे त्रास अझै रहे पनि कार्यक्रम भने साेचे भन्दा भव्य र नेपाली संस्कृतिलाई प्रचार-प्रसार एवं प्रवर्द्धन गर्न कार्यक्रम सफल रह्याे",  आयाेजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष डा सान्ताेष भण्डारीले बताउनुभयाे । न्युजिल्यान्डका लागि नेपालका मानार्थ पर्यटनदूत डा रमिल अधिकारीले नेपाल र न्युजिल्यान्डकाे आत्मियताकाे एउटा महत्वपूर्ण पाटाे पर्यटन हुन सक्ने बताउनुभयाे । "नेपाली भाषा र संस्कृतिलाई दाेस्राे पुस्तामा हस्तान्तरण गर्नु नेपाली डायस्पाेराले प्रमुख जिम्मेवारी हाे, यस कार्यक्रमले थप ऊर्जा बढाएकाे छ", कार्यक्रममा सहभागी नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष सञ्जय शान्ति सुबेदीले बताउनुभयाे । अन्य स्थानीय अतिथि वक्ताहरूले पनि नेपाल र न्युजिल्यान्डबिच रहेकाे परस्पर मैत्री सम्बन्धका बारेमा जाेड दिनुभएकाे थियाे ।
 मार्च २७ गते आयाेजित कार्यक्रममा अनुमानित १० हजार व्यक्तिहरू सहभागी भएकाे आयाेजकले जनाएकाे छ ।

Saturday, 13 February 2021

प्रवासी स्रष्टाहरूले गरे 'प्रतिगमन'को विरोध (विज्ञप्ति सहित)

         


न्युजिल्यान्ड, फाल्गुन १, २०७७

 प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनको असर प्रवासमा पनि देखिको छ। प्रवासमा रहेका नेपाली स्रष्टाहरूले 'प्रतिगमन' को खुलेर विरोध गरेकाछन्।

विश्वका बिभिन्न देशहरूमा रहेका ६९ जना स्रष्टा तथा अभियानकर्ताहरूले प्रतिगमन विरुद्ध अग्रगमनका पक्षमा प्रेस विज्ञप्ति जारी गर्दे प्रतिगमनकारी कदमको विरुद्धमा मुलुकका विभिन्न स्थानमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै नागरिकद्वारा आयोजना गरिँदै आएका शान्तिपूर्ण प्रदर्शनहरूमाथि भइरहेका निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई थप नङ्ग्याएको भन्दै विरोध गरेका छन्।

जारी गरिएको प्रेस विज्ञप्तिमा अगाडी "कोभिड १९ ले विश्व नै आक्रान्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट एकपछि अर्को निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण कदम चालिनु खेदजनक भनिएको छ ।हेरौं विज्ञप्ति


२०७७ । १० । २९

प्रतिगमनविरुद्ध अग्रगमनका पक्षमा प्रवासी स्रष्टा तथा अभियानकर्ताहरूको सामूहिक आह्वान


प्रेस विज्ञप्ति

दश वर्षको सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै करिब दशक लामो संक्रमणकाल पार गरेर ऐतिहासिक संविधानसभामार्फत बनेको नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २०७७ पुस ५ मा गरेको असंवैधानिक संसद विघटनपछि नागरिकको ठूलो त्याग र बलिदानपश्चात् हासिल भएका हालसम्मका सामाजिक—राजनैतिक उपलब्धिहरूसमेत खतरामा परेको सर्वविदितै छ । नयाँ संविधानपछि ऐतिहासिक बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्वसँगै मुलुक विकास र समृद्धितर्फ अघि बढ्ने जनअपेक्षाको ठीक विपरीत चालिएको स्वेच्छाचारी कदमले जनमतको ठाडो अपमान गरेको मात्र नभएर देशलाई नै गम्भीर राजनीतिक संकटमा पु¥याएको छ । मधेसी, थारु, दलित, आदिवासी, महिला, जनजाति, मुस्लिमलगायतका सीमान्तकृत समुदायलाई थप अधिकार सम्पन्न बनाउँदै लोकतान्त्रिक एवं समतामूलक समाज निर्माणतर्फ उन्मुख हुनुपर्नेमा मुलुकलाई निरङ्कुशतातर्फ धकेल्दै चालिएको प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौँ । उक्त प्रतिगमनकारी कदमको विरुद्धमा मुलुकका विभिन्न स्थानमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै नागरिकद्वारा आयोजना गरिँदै आएका शान्तिपूर्ण प्रदर्शनहरूमाथि भइरहेका निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई थप नङ्ग्याएको छ । Covid-19 ले विश्व नै आक्रान्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट एकपछि अर्को निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण कदम चालिनु खेदजनक छ । नागरिकले चुनेका जनप्रतिनिधिहरूको कार्यकाल बाँकी छँदाछँदै संसद विघटन गरेर चुनाबको बेमौसमी बाजा बजाइनु, संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिहरू गरिनु, सरकारको महत्वपूर्ण समय र राज्यकोषको दोहन गर्दै प्रधानमन्त्री नै असान्दर्भिक देश दौडाहामा लाग्नुबाट सरकारको स्थायित्व, सुशासन र संमृद्धिको नारा फगत पाखण्ड सिवाय केही नभएको पुष्टि हुन्छ भने सरकार इतर पक्षहरुपनि आफ्नो स्वार्थमा मात्रै तल्लीन रहेको देखिन्छ । सत्तारुढ दलभित्रै व्याप्त खिचातानी, सत्तालिप्सा र पदलोलुपताका कारण उत्पन्न सङ्कटको निकास खोज्नुको सट्टा, वर्तमान सरकार नागरिकको आधारभूत अभिव्यक्ति स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्दै शान्तिपूर्ण प्रदर्शनहरूमाथि समेत अनावश्यक धरपकड र दमन गरेर आफ्नो अकर्मण्यता ढाकछोप गर्ने निर्लज्ज प्रयासमा छ । भ्रष्टाचार, बेथिति र राजनैतिक सङ्कट व्याप्त वर्तमान परिस्थितिमा मुलुकका विभिन्न स्थानहरूबाट सबै किसिमका राजनैतिक बेथिति, निरङ्कुशता र संसद विघटन जस्तो प्रतिगामी कदमको बिरोधमा नागरिक तहबाट सुरू गरिएका हरेक स्वरुपका शान्तिपूर्ण आन्दोलनहरूप्रति ऐक्यबद्घता जनाउँदै लोकतन्त्रको रक्षा, समावेशिता र अग्रगमनका पक्षमा गोलबद्घ हुनका निम्ति सम्पूर्णमा अपिल गर्दछौँ ।

आह्वानकर्ताहरूः

१ अकबरे (दक्षिण कोरिया)

२ अपजसे कान्छा (बेलायत)

३ अभिप वास्ताकोटी (स्विजरल्यान्ड)

४ अमित थेवे ’मिहाङ (बेलायत)

५ अमृत बानियाँ (दक्षिण कोरिया)

६ अमृता नेपाल (अमेरिका)

७ अर्जुन श्री (पोर्चुगल)

८ आर एन (दक्षिण कोरिया)

९ इन्दिरा कँडेल (बेलायत)

१० एन. बी. अन्जान (पोर्चुगल )

११ एलिजा हुमागाइँ (जर्मनी)

१२ किशोर सुब्बा लिम्बु (पोर्चुगल)

१३ कृष्ण कुसुम (अमेरिका)

१४ कृष्ण दत्त भट्ट (केन्या)

१५ कृष्ण विश्वकर्मा (यु ए ई)

१६ केशवराज ज्ञवाली (अमेरिका)

१७ गङ्गा गगन (जापान)

१८ गणेश खड्का (सोसिलेल)

१९ गणेश बिष्ट (नर्वे)

२० चन्द्र गुरुङ् (बहराइन)

२१ चन्द्र सम्बाहाम्फे (यु ए ई)

२२ जयन्ती मगर सरगम (जापान)

२३ जितेन्द्र मल्ल (अष्ट्रेलिया )

२४ जीवन खत्री (दक्षिण कोरिया)

२५ जेनन नेपाल (अष्ट्रेलिया )

२६ तेज विनोद (अमेरिका)

२७ दीपक क्षेत्री (इजरायल)

२८ नदीश (अमेरिका)

२९ नरेश काङ्माङ राई (बेलायत)

३० नवीन घिमिरे (अमेरिका)

३१ नवीन प्राचीन (क्यानडा)

३२ नारायण पोख्रेल (जापान)

३३ पदम विश्वकर्मा (बहराइन)

३४ पराजित पोमु (दक्षिण कोरिया)

३५ प्रकाश राई ’प्राण’ (बेलायत)

३६ प्रकाश सुवेदी (दक्षिण कोरिया)

३७ मनिष हरिजन (बेलायत)

३८ मनु लोहोरुङ् राई (अमेरिका)

३९ मित्र लाल पार्दै (पोल्यान्ड)

४० योगेश घिमिरे (क्यानडा)

४१ रमण (जर्मनी)

४२ रविचन्द्र भट्टराई (अष्ट्रिया)

४३ राजेश मिश्र (अमेरिका)

४४ रुप रसाइली विश्वकर्मा (कतार)

४५ रेशम बोहरा (बहराइन)

४६ रोशन याक्सो (हङकङ )

४७ लक्षमण सन्ज्याल (अष्ट्रेलिया )

४८ वसन्त देउबा (अष्ट्रेलिया )

४९ विवश बेनाम (अमेरिका)

५० विश्वदर्शन नेपाल (अमेरिका)

५१ वीरेन्द्रकुमार श्रेष्ठ (कतार)

५२ वेहोसी भिम रसाइली (बहराइन)

५३ शकुन आँशु (दक्षिण कोरिया)

५४ शङ्कर डाँगी (जर्मनी)

५५ शरद पोख्रेल (जापान)

५६ शिव भुषाल (अमेरिका)

५७ शेखर विकल्प (जापान)

५८ श्री भवानी नेपाल (यु ए ई)

५९ सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड)

६० समुन्द्र राज घिमिरे (अमेरिका)

६१ सुमन सिम्खडा (जर्मनी)

६२ सुमित गिरी (जापान)

६३ सुरज राना (यु ए ई)

६४ सुवास सापकोटा (केन्या)

६५ स्पन्दन दिपक खनाल (कोरिया)

६६ स्वतन्त्र नेपाल (कतार)

६७ हरि नेपाली (यु ए ई)

६८ हेम दुलाल (अष्ट्रेलिया)

६९ हेम ध्वनी (पोर्चुगल)

Monday, 29 June 2020

वैदेशिक राेजगार (लघुकथा)

सञ्जय शान्ति सुवेदी
असार १५, २०२०



सुन्दरबजारबाट गैडाकाेट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हाे शिवराम र अनिताकाे प्रेम बढेकाे । डुम्रे, आबुँखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बाेल्न सुरु गरेका थिए । समान्य परिचय, बाेलचाल र फाेन नं साटासाट गरेर सुरु गरेकाे सम्बन्धले बा-आमालाई ढाँटेर कहिले काठमाडाै, कहिले लुम्बिनी त कहिले इलाम सम्म घुम्न जान सक्ने बनाएकाे थियाे । याैवनले भरिएका, भविष्यकाे सपनाले सजिएका ऊर्जाशील दुवै जनाकाे प्रेम प्रगाढ र रसरङ्गपूर्ण थियाे । अनितालाई बा-अामाले केटा खाेजेकाे कुराले मात्र नभएर शिवकुमार वैवाहिक जीवन सम्हालिसक्ने बेलामा नपुगेकाले झन् तनाव बढेकाे थियाे । सम्बन्धलाई बिट मार्न नसके पनि परिस्थितिसँगै अघि बढ्ने निर्णय गरी बा-आमाले देखाएकाे केटाेसँग बिहे गर्ने निर्णय भयाे । संयाेग नै भन्नुपर्छ, केटाकेटीकाे टीका-टाला गर्ने दिन शिवकुमारलाई पत्ताे भयाे अनिता आफ्नै दाइकाे भाग्यमा परेकी रहिछिन् । उसले भाेलिपल्ट फाेन गर्याे, "अनिता, भाग्यकाे याे के लेखा हाे, हामीलाई झन् पीडा दिँदै छ समयले" उसले घ्याँक्क घ्याँक्क रुँदै भन्याे । अवाक् अनिताले रसिलाे स्वरमा सम्झाउँदै भनिन्," चिन्ता नगर शिवराम, तिम्रा दाइ, बिहेकाे ६-७ दिनमै खाडी जान्छन् रे ।"

बेकारमा किन गर्नु हतार?

(याे अपूर्ण रचना हाे, हजुरकाे सुझाव र विचारलाई पनि समावेश गराउन चाहन्छु । आफ्नाे विचार पनि सुझाउनुहाेला है ?) https://youtu.be/PPAGwypP4ms?s...