सञ्जय शान्ति सुबेदी
१० नोभेम्बर, २०१९
The Nepalese Society of Wellingtonका अध्यक्ष एवं Public Health Association of NZ, Wellingtonका नव निर्वाचित अध्यक्ष डा. रमिल अधिकारी न्युजिल्याण्डवासी नेपालीका लागि सुपरिचित नाम हाे । न्युजिल्याण्ड सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतकाे दुर्व्यसनी सम्बन्धी परियाेजनाका पब्लिक हेल्थ अफिसरका रुपमा कार्यरत डा. रमिल जस्टिस अफ पिस (JP)काे भूमिकाले पनि परिचित हुनुहुन्छ । प्रस्तुत छ, डा. रमिल अधिकारीसगँ सञ्जय शान्ति सुबेदीद्वारा लिईएकाे अन्तर्वार्ताकाे सम्पादित अंश ।
Public Health Association of NZ, Wellington काे अध्यक्ष हुनुभएकाेमा सर्वप्रथम बधाई एवं शुभकामना प्रदान गर्न चाहन्छाैँ । यहाँ सम्मकाे तपाईकाे यात्रालाई संक्षिप्तमा हाम्रा पाठकलाई बताईदिनुहाेस् न ।
डा. रमिल: संघर्ष, मिहेनत र निरन्तरताले प्राय सबैलाई सफलता प्रदान गर्दछ । म जुन अवस्थामा छु यसलाई ठुलाे उपलब्धीकाे रुपमा त लिएकाे छैन किनभने अझै धेरै हाँसिल गर्नुछ । नेपाल/पाेखराबाट विदेश आएर यहाँ झनै कडा प्रतिस्पर्धा एवं नयाँ परिवेशमा नवसुरुवात गर्नु चुनाैतिपूर्ण नै थियाे । तर पेशाले चिकित्सक भएकाले पनि यहाँ व्यवसायिक हिसावले काम गर्न भने केहि सहज त भयाे नै । नेपाल देखि नै सामाजिक संघ-संस्थामा आबद्ध रहेकाले यहाँका सामाजिक र व्यवसाहिक क्षेत्रका संस्थाकाे नेतृत्व पुग्न सफल भएकाे हुँ कि जस्ताे लाग्छ ।
जस्टिस अफ पिस (JP) काे रुपमा पनि वेलिङ्टन मा डा. रमिल परिचित हुनुहुन्छ। यस भूमिकाका बारेमा पनि जानकारी गराईदिनुस न ।
डा. रमिल: जस्टिस अफ पिसकाे सामान्यतया भूमिकाकाे बारेमा त सबैलाई थाहा नै छ । याे पनि एउटा महत्वपूर्ण जिम्मेवारी हाे । चाईनिज, डच लगनयत ६ वटा विभिन्न भाषामा संवाद गर्न सक्ने भएकाले मसगँ धेरै आप्रवासीहरु, युवा विद्यार्थीहरु र किवीहरु पनि आउने गर्नुहुन्छ । उहाँहरुलाई पनि सेवा प्रदान गर्न पाउँदा खुसी लाग्छ ।
नेपाली समुदायलाई पनि बराेबर समय दिनुभएकाे छ । वेलिङटनकाे नेपाली समाजकाे अध्यक्षमा रहेर के कस्ता गतिबिधिहरु सम्पन्न वा याेजना गर्नुभएकाे छ?
डा. रमिल:म नेतृत्वमा रहे पनि याे समाजका गतिबिधिमा सम्पूर्ण टिमकाे भूमिका छ । हामीले नयाँ साेच सहितका नयाँ अनुहारहरुलाई स्थान दिएका छाै । नेपाली भाषा, कला, संस्कृति , रितिरिवाज र नेपाली मूल्यमान्यतालाई बिदेशमा रहेर पनि संरक्षण गर्ने प्रयास गरिरहेका छाैँ । वेलिङ्टनका विभिन्न स्थानमा देउसी-भैलाे कार्यक्रम सफलरुपमा सम्पन्न भयाे, दशैकाे कार्यक्रम पनि राम्राे रह्याे । नेपाली चलचित्र प्रदर्शन गर्ने तयारीमा छाैँ । प्रविधि र डिजिटल माध्यमकाे प्रयाेग गरी संस्थालाई अझ चुस्त दुरुस्त पारिएकाे छ । मुख्यत: यहाँकाे एकता र आपसी सामन्जस्यतालाई मजबुद बनाउन हामीले याेजना तर्जुमा गर्ने र त्यस अनुरुप नै गतिबिधिहरु हुने गरेका छन् ।तपाईहरुकाे मिडिया मार्फत सम्पूर्ण सहयाेगदाता र यहाँ सम्म संस्थालाई ल्याउनुहुने महानुभावहरुप्रति आभार पनि प्रकट गर्न चाहन्छु ।
वेलिङ्टन न्युजिल्याण्डकै राजधानी पनि हाे , राजधानीमै रहेकाे नेपाली संस्थाकाे नाताले न्युजिल्याण्ड सरकार समक्ष नेपालीहरुका विषयमा आवाज उठाउन सहज पनि हाेला । यस विषयमा के भन्न चाहनुहुन्छ ?
डा. रमिल: मलाई वा वेलिङटनकाे समाजलाई न्युजिल्याण्ड सरकारसमक्ष नेपालीकाे विषय उठान गर्न स्वभाविक हिसाबले सहज त हुन्छ नै तथापि अन्य शहरहरुबाट प्रतिनिधित्व गर्ने समाजका नेतृत्वबाट पनि राम्राे पहल नभएकाे भने हाेईन । सबैजना नेपालीकाे सबालमा गम्भीर नै हुनुहुन्छ । मलाई वा वेलिङटनकाे समाजलाई न्युजिल्याण्ड सरकारसमक्ष नेपालीकाे विषय उठान गर्न स्वभाविक हिसाबले सहज त हुन्छ नै तथापि अन्य शहरहरुबाट प्रतिनिधित्व गर्ने समाजका नेतृत्वबाट पनि राम्राे पहल नभएकाे भने हाेईन । सबैजना नेपालीकाे सबालमा गम्भीर नै हुनुहुन्छ । यति भनिरहँदा मलाई के चाहिँ महशुस हुन्छ भने वेलिङटनकाे याे विषयमा अतिरिक्त जिम्मेवारी छ । न्युजिल्याण्ड सरकारका पदाधिकारी, मेयर, सासंद , मन्त्रीहरुसङ्ग भेटघाट भईरहँदा नेपालीका विषयलाई महत्वका साथ प्रस्तुत गर्ने प्रयास गरिरहेकै छु । संसदमा मनाईएकाे एभरेष्ट डे र यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिन सक्नु हाम्राे चुनाैति हाे । विभिन्न स्थानिय तथा राष्ट्रिय नेताहरुसगँकाे साक्षातकारमा आम विद्यार्थी, डिपेण्डेण्ट र भिषाका विषय पनि प्राथमिकतामा रहने गर्दछन् ।
व्यवसायिक जीवन, सामाजिक र व्यक्तिगत समयलालाई सन्तुलित राख्न कस्ता उपायहरु प्रयाेग गर्नुहुन्छ ?
डा. रमिल: व्यवसायिक र सामाजिक कामहरु गर्दा टिमवर्कमा जाेड दिनुपर्दछ । अनावश्यक चिजहरु भन्दा पनि प्राथमिकताका आधारमा कामगर्दा समय उत्पादक हुनेगर्दछ । म अलिक फ्लेक्जिबल पनि छु । आफु लचिलाे हुँदा अरुकाे पनि सकारात्मक प्रतिक्रिया पाईदाे रहेछ ।
पछिल्लाे समय नेपालीहरु बिदेशिने क्रम झन् झन् बढ्दाे छ । परदेश पलायन हुने युवा-विद्यार्थीहरुलाई के सुझाव दिनुहुन्छ?
डा. रमिल: विश्वव्यापीकरणकाे याे युगमा बिदेश जानै हुँदैन भन्नू त अलिक अव्यवहारिक हाेला तर बिदेश आउनु छ भने सम्पूर्ण कुराहरु अध्ययन गरेर, घर-परिवारसगँ सल्लाह गरेर र परिपक्व भएर मात्र निर्णय गर्नुपर्दछ । बिदेशमा तयारि नगरिकन आउँदा अनावश्यक दुःख पनि पाउन सकिन्छ । जहाँसम्म पलायनकाे कुरा छ, याे ठूलाे विषय हाे । आफ्नाे भविष्यका निम्ति, अवसर वा बाध्यताले धेरै युवाहरु पलायन हुनुपरेकाे छ । नेपालकाे राजनीति सुधार भएमा, मुख्यतः भ्रष्टचार घट्याे भने हामी मात्र हाेईन धेरै जना नेपाल फर्किन आतुर हुनुहुन्छ ।
फुर्सदकाे समय कसरी बिताउन रुचाउनु हुन्छ ?
डा. रमिल: सामन्यतया मेराे रुचि विभिन्न देशहरु यात्रा गर्न, रचनाहरु लेख्न, सामाजिक कामहरुमा संलग्न हुनु हाे । नियात्रा एवं कविताहरु पनि लेख्ने गर्छु ।
अन्त्यमा, न्युजिल्याण्डमा बसाेबास गर्नुहुने नेपालीहरु वा यहाँ आउन ईच्छुक नेपालीहरुलाई के सल्लाह दिनहुन्छ?
डा. रमिल: नेपाल-न्युजिल्याण्डकाे सम्बन्ध जनताकै स्तरमा पनि राम्राे छ । सर एडमण्ड हिलारी र तेञ्जिङ नाेर्गेका कारणले पनि नपालीलाई किवीहरुले राम्राे मान्ने हुँदा हामी आफैमा सक्षम हुने हाे भने न्युजिल्यण्डमा सापेक्षिक हिसावले सहजता नै छ । हामीले नेपालीकाे प्रतिष्ठामा आँच नआउने तथा अझै इज्जत बढ्ने काम गर्नुपर्दछ । युवा-विद्यार्थीहरुले पढाई एवं कामप्रति लगनशील हुँदा सफलता हाँसिल गर्न सहज छ । नेपाली समुदाय पनि बढ्दाे छ । यसलाई व्यवस्थित गर्दै जानुपर्दछ । यहाँका नेपालीलाई स्वदेशसगँ जाेड्न उपयुक्त प्रयासकाे आवश्यकता छ ।
Published in: http://www.nznepal.com/2019/11/22889